कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६–१९ मा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरुसंगको भेटघाटलाई निरन्तरता दिएका छन् ।

सभापति देउवाले आज आफ्नै निवास बोलाएर तीन वटा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसंग भेट गरेका हुन् । गत शनिबारदेखि केन्द्रीय नेताहरुसंग भेटघाट गरिरहनुभएका देउवाले आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरुसंग छलफल गरे ।

भेटघाटमा देउवाले आफुलाई सभापतिमा सहयोग गर्न आग्रह गरे । देउवाले हिजो बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसंग कुराकानी गरेका थिए । यस्तै शनिबार प्रदेश १ र २ का आफु निकट केन्द्रीय सदस्यसंग छलफल गरे । आफ्नो समुहबाट विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले समेत सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि देउवा दबाबमा परेका छन् । केन्द्रीय नेताहरुसंगको भेटमा देउवाले अझै एक कार्यकाल पार्टीको नेतृत्व आफुले गर्ने बताउदै सहयोगको आग्रह गरेका छन् । कांग्रेसको महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९सम्म हुने मिति तय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति