आज निर्जला एकादशी : पानी समेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय मान्यता

काठमाडौं । आज निर्जला एकादशी, आ आफ्नो घरको मठमा तुलसीको बिउ राखिदैछ ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ राख्ने गरिन्छ । आज निर्जला एकादशीमा रोपिएको बिउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोप्ने गरिन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइ बढाइ दामोदरसंग विवाह गरिने भन्ने पनि बुझिन्छ ।

यो चार महिनालाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । आज पानी समेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय मान्यता छ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने विज्ञानले समेत प्रमाणित गरेको छ । नया रुप परिवर्तनसहितको कोरोना महामारी चलेका बेला घरघरमा तुलसीको दल राख्दा र रोपण गर्दा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेद चिकित्सकको भनाइ छ । तुलसीलाई चियाका रुपमा पनि प्रयोग गरिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board