काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपियो : निजी गाडीमा जोर–बिजोर, पसल बारअनुसार खुल्ने

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्बिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा असार १४ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । अब दुई पाङ्ग्रे मोटरसाइकल र निजी चार पाङ्ग्रे कार, जीप, ट्याक्सी जोर–बिजोरका आधारमा चल्नेछन् । चारपाङ्ग्रे गाडीमा चार जना मात्रै बस्न पाइनेछ ।

त्यस्तै हार्डवेयर पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने छन् । सुनचाँदी, भाडा पसल आइतवार, मङ्गलवार र बिहीवार तथा कपडा पसल, डिमार्टमेन्टल स्टोर तथा खेलकुदका पसल सोमवार, बुधवार र शुक्रवार खुल्ने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

अरू अत्यावश्यक सामग्रीका क्षेत्रमा रोकतोक छैन । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति सकिँदैछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board