विश्वभर जम्मा २ अर्व ५० करोड डोज खोप लगाउंदा चीनमा १ अर्व बढी डोज खोप लगाइयो

काठमाडौं (एजेन्सी) । चीनमा कोरोनाभाइरसविरूद्ध १ अर्बभन्दा बढी नागरिकलाई खोप लगाइएको छ।

चिनियाँ स्वास्थ्य मन्त्रालयले शनिबारसम्म १ अर्ब बढी डोज खोप लगाएको जानकारी दिएको हो।

१ अर्ब ४१ करोड जनसंख्या भएको चीनले गत डिसेम्बरदेखि आफ्नै देशमा उत्पादित खोप लगाउन सुरू गरेको थियो।

संसारभरि अहिलेसम्म २ अर्ब ५० करोड डोज कोरोना खोप लगाइएको छ। त्यसमध्ये चीनमा मात्रै ४० प्रतिशत डोज खोप लगाइएको छ।

सुरूमा चिनियाँहरूले खोप लगाउन आनाकानी गरे पनि पछिल्लो समय दैनिक २ करोड जनासम्मलाई खोप दिइएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

१ अर्ब डोजमध्ये अहिलेसम्म कति जनाले दुबै डोज लिएका छन् भन्ने खुलिसकेको छैन। चीनले आफ्नै देशमा उत्पादित खोप लगाइरहेको छ। चिनियाँ कम्पनीले उत्पादन गरेका खोप दुई डोज लगाउनु पर्ने खालका छन्।

चीनले यो वर्षको अन्त्यसम्म ७० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको सार्वजनिक गरेको छ । तर चिनिया विश्वस्त सूत्रका अनुसार चीनले आफ्ना सबै ३ वर्ष माथि नागरिकलाई खोप लगाइसकेको छ ।
विश्व पुरै बन्दावन्दीको अवस्थामा हुंदा चीन खुला र कोरोना भाइरस मुक्त देश बनेको छ । गत आर्थिका वर्षमा विश्वभर नेगेटिभ आर्थिक बृद्धिको ग्राफ देखिंदा चीनमा अभूतपूर्व रुपले १८ प्रतिशत भन्दा बढीको आर्थिका बृद्धि भएको थियो ।
हाल चीनले विश्वभर खोप सहायता र विक्रि गर्ने अग्रणी देश बनेको छ । त्यसोत विश्वभरको आधाभन्दा बढी हिस्था स्वास्थय सामग्री निर्यात गर्ने देश पनि चीन नै भएको छ ।
कारोना भाइरस संक्रमणको पहिलो ६ महिनाबाहेक चीन पूर्ण रुपमा खुला छ । विश्वभर कोरोना भाइरसको दोस्रो लहर चल्दा पनि चीनमा कुनै असर परेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति