ओरालो लाग्दै कोरोना संक्रमण : भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार संक्रमित

काठमाडौँ, ६ असार । दुई महिनाअघिसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिएका छन् ।

दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ५८८ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ पुगेको छ । भारतमा ७ लाख ३६ हजार १६५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन १ हजार २३९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७४० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति