उद्घाटन भएको पाँच महीना नपुग्दै बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

काठमाडौं, ५ असार । अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ ।

शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले बताए ।भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् । ‘नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखेका थियौं,’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लामाले भने, ‘त्यसैले कर्मचारीचाहिँ सबै सुरक्षित छन् ।’हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।‘क’ वर्गको यो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति