चीनबाट भ्याक्सिन किन्ने निर्णय भएको कुरा सत्य होइन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपाल सरकारले मित्र राष्ट्र चीनबाट ४० लाख डोज कोरोना भाइरसविरुद्धको खोप किन्ने निर्णय भएको कुरा सत्य नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई दिन पहिले बसेको मन्त्रिपरिषद् बैठकले चीनको सिनोफर्मा फर्मस्युटिकलसंग जिटुजि बेसिस मा खोप किन्ने निर्णय भएको प्रचार भएको थियो । चीनसंग जिटुजी मार्फत खोप किन्दा कति मूल्यमा किनिएको हो भन्ने कुरा सर्वजनिक गर्न नमिल्ने शर्त रहेको समेत बताइएको थियो ।
चीनसंग खोप किन्ने कुराले धेरैलाई आशावादी बनाएको थियो । तर आज स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले वक्तव्य नै निकालेर किन्ने वा सहयोग माग्ने सबै सरकारहरुसंग कुरा हुंदा चीन संग पनि कुरा भएको तर चीनसंग खोप किन्ने निर्णय नभएको स्पष्ट गरेको छ ।
यसले नेपाली कोरोना भाइरस विरुद्धको खोप लगाउने कुरा झन अनिश्चित भएको छ । तत्कालै भारतले खोप उपलव्ध गराउन सक्ने अवस्थामा छैन । रुससंग किन्ने भनिएको कुरा पनि हल्लामै सिमति भएको छ । रहस्यमय के छ भने चीनसंग खोप किन्ने भनिएको कुराको सरकारले किन होइन भनेर खण्डन गर्नु पर्यो भन्ने कुरा झन शंकास्पद भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board