काठमाडौं, ३ असार । जेनेभामा भएको वार्ताका क्रममा बाइडेन र पुटिन।जेनेभामा भएको वार्ताका क्रममा बाइडेन र पुटिन। अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच स्विट्जरल्यान्डको राजधानी जेनेभामा झन्डै चार घन्टा वार्ता भएको छ। बाइडेनले अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार रूसी समकक्षीसँग वार्ता गरेका हुन्।
पछिल्लो समय खस्किँदै गएको अमेरिकाण्रूस सम्बन्धमा बाइडेन–पुटिन वार्ताले खासै ठूलो परिवर्तन नल्याउने वार्तापछि उनीहरूले गरेका छुट्टाछुट्टै पत्रकार सम्मेलनबाट देखिन्छ। जेनेभा तालको किनारमा बाइडेन र पुटिनले छुट्टाछुट्टै पत्रकार सम्मेलनमार्फत् एक(अर्काबारे नराम्रा शब्द त प्रयोग गरेनन् तर वार्ताबाट सम्बन्धमा परिवर्तन हुने संकेत पनि गरेनन्। दुबै नेताहरूले वासिङ्टन र मस्कोमा फेरि आफ्ना राजदूत पठाउने सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।यसअघि बाइडेनले गत मार्चमा पुटिनलाई हत्यारा भनेपछि रूसले आफ्ना राजदूतलाई वासिङ्टनबाट फिर्ता बोलाएको थियो भने अमेरिकाले पनि मस्कोबाट आफ्ना दूतलाई बोलाएको थियो।त्यस्तै दुबै राष्ट्रपतिले साइबर सुरक्षा र हतियार नियन्त्रणबारे कुराकानी गर्ने सहमति गरेका छन्। ती विषयमा अब कसरी कुराकानी अघि बढ्छ भन्ने खुलाइएको छैन। वार्ताका क्रममा आफूले गत मेमा अमेरिकाको पूर्वी क्षेत्रमा पाइपलाइनमा भएको साइबर आक्रमणको कुरा उठाएको बाइडेनले बताए। तर पुटिनले भने रूसले अमेरिकामाथि कुनै साइबर हमला नगरेको दाबी गरे। राष्ट्रपति बाइडेनले पुटिनलाई १६ वटा क्षेत्रमा रूसले साइबर हमला गरे त्यसको परिणाम गम्भीर हुने भनेको बताए। तर १६ क्षेत्र के-के हुन् भन्ने उनले खुलाएनन्।रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीका विषयमा पनि आफूले कुरा उठाएको बाइडेनले बताए।
रूसी राष्ट्रपति पुटिनले भने जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमण, ब्ल्याक लाइभ्स म्याटर आन्दोलनजस्ता कुराले अमेरिकामा अस्तव्यस्ता ल्याएको भन्दै सहानुभूति प्रकट गरे। उनले आफ्नो मुलुकमा त्यस्तो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।दुई नेताहरूले व्यक्त गरेका फरक९फरक धारणाले उनीहरूबीचको बहुप्रतिक्षित वार्ताले यी दुई शक्ति राष्ट्रबीच जारी तनावपूर्ण सम्बन्ध कायम रहने देखिएको छ।पुटिनसँगको भेटवार्तापछि राष्ट्रपति बाइडेन पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन्।
प्रतिक्रिया