काठमाडौं, ३ असार । सरकारले प्रदान गर्दै आएको विभूषणका लागि दाबी गर्न आह्वान गरेको छ। गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमा जारी गर्दै विभूषण समितिको मिति २०७८ जेठ २१ गतेको निर्णय र गृह मन्त्रालयको मिति २०७८ जेठ ३१ गते को निर्णयअनुसार विभूषण ऐन, २०६४, विभूषण नियमावली, २०६५ ९संशोधन०सहित र विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड, २०७५ बमोजिम प्रत्येक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने महानुभावहरुलाई राज्यका तर्फबाट कदर तथा सम्मानस्वरुप मान पदवी, अलङ्कार तथा पदकजस्ता विभूषण प्रदान गर्दै आएको छ विज्ञप्तिमा भनिएको छ, यसैबमोजिम २०७८ सालमा प्रदान गरिने विभूषणका लागि योग्य महानुभावहरुले आफूले गरेको यस किसिमको योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग २०७८ असार २० गतेभित्र सम्पर्क गर्ने प्रायोजनका लागि यो सूचना प्रकाशित गरिएको छ।

प्रतिक्रिया