सिन्धुपाल्चोक बाढीपहिरो : बेपत्ता ७ जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा हिजो सा“झ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङ दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।

सो क्षेत्रमा संचार सम्पर्क पनि अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको इन्द्रावती नदीको किनारमा फेला परेको शव पहिचान हुन सकेको छैन । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण फसेका दुई जनाको उद्धार गरिएको छ । बाढीपछि मेलम्चीस्थित रोज होटलमा फसेका दुई युवाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सदरमुकाम चौतारा र काभ्रेको धुलिखेलबाट गरी २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।

त्यसैगरी बाढीले चोक्पा पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पूल, बाहुनेपाटीप लसमेत बगाएको छ । बाढीले सडकमार्ग अवरुद्ध पारेका कारण उद्धारमा कठिनाइ भएको छ । अन्य विवरण पनि संकलन भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board