बझाङमा एकल महिला देवीसरालाई राहत


बझाङ, २ असार
स्टोरिज अफ नेपाल नामक संस्थाले सदरमुकाम चैनपुरमा डेरामा बस्दै आएकी एकल महिलालाई राहत दिएको छ । स्टोरिज अफ नेपालका सञ्चालक जय पौडेलले जाजरकोटको कुस्मा गाउँपालिका–३ घर भएकी विगत १८ वर्षदेखि सदरमुकाम चैनपुरमा मजदूरी गरेर कोठा भाडामा बस्दै आएकी देवीसरा पुनलाई नगद रु २५ हजार सहयोग गरेको हो ।

मजदूरी गरेर जीविकापार्जन गर्दै आएका पुनका परिवारका सहारा देवीसराका श्रीमान् खडक पुनको गत वैशाख जडीबुटी सङ्कलनका लागि जङ्गल गएका बेला भिरबाट लडेर मृत्यु भएपछि सो परिवार चैनपुर बजारमा मजदूरी गर्दै गुजारा चलाएको थियो । 

देवीसराको परिवारमा भएको दुःखद घटनालाई पत्रकार महासङ्घका जिल्ला शाखा पूर्वअध्यक्ष जगदीश रोकायाले स्टोरीज अफ नेपालका सञ्चालक जय पौड्यालसँग समन्वय गरेर उक्त घटनाको जानकारी गराएपछि पौडेलले आर्थिक सहयोग गर्नुभएको थियो । 

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति