मेलम्चीको मुहानमै बाढी पहिरो, आसपासका बस्ती बगायो

काठमाडौं, १ असार ।  मेलम्चीको मुहानमै बाढी पहिरो जाँदा आसपासका बस्ती बगाएको छ । प्रहरीका अनुसार, विद्युत अवरुद्ध छ । रातको समय भएकाले क्षतिको कुनै अनुमान गर्न सकिएको छैन । आज बेलुका मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो । सोही पहिरोसँगै आएको बाढीले बस्ती बगाएको छ, कतिपय बस्ती डुवानमा छ । हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । चनौते बजार पनि डुबानमा परेको छ । कम्तिमा ७ जना स्थानीवासी बेपत्ता भएको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले उज्यालो नभई केही गर्ने अवस्था नरहेको बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board