कालीगण्डकीमा बाढी, विश्वकै ठूलो शालीग्राम शिला डुब्यो

पर्वत । अबिरल वर्षाका पर्वतको सेतीवेणी बजार र आसपासको क्षेत्र ढुवानमा परेको छ ।
शालीग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको हो । पर्वत, स्याङजा, बाग्लुङ र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउंपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए ।

उनले बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेको बताए । नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायीहरु सुरक्षित स्थान तर्फ सरेका हुन । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना समेत डुबाएको छ । बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरु पनि पूर्ण रुपमा क्षति पुगेको बताईको छ ।

कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुंदा समस्या भएको हो । मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बांधका कारण बाढी आउंदो सेतीबेणी बजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २ सय व्यापारी तथा सर्वसाधारण त्रसित बनेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board