कर्णाली प्रदेशसभा बैठक : नेपाल पक्षका तीन मन्त्री अनुपस्थित

कर्णाली । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा माधव नेपाल पक्षमा रहेका ३ मन्त्री अनुपस्थित छन् । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी ह्विप उल्लंघन गर्दै प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले विश्वासको मत दिएका छन् ।

पार्टी ह्विप उल्लंघन गरेको भन्दै चारै जनालाई पार्टीले कारबाही गरेपछि उहाहरु सांसदबाट समेत पदमुक्त भएका थिए । तर, सर्वाेच्च अदालतले गत बिहीबार उनीहरुलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । सांसद पदमा पुनर्बहाली भएपछि एमालेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक बसेको हो ।

नीति तथा कार्यक्रमलाई असफल बनाएर महेन्द्रबहादुर शाहीको सरकार ढाल्ने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको तयारी छ । सोही आधारमा रणनीति तय गर्न बैठक बसिरहेको हो । उता नेपाल पक्षका सांसदहरुले तत्काल शाहीको विपक्षमा नजाने अडानमै छन् । प्रदेश सभामा आज २ बजेदेखि नीति तथा कार्यक्रम र त्यसलगत्तै बजेट ल्याउने कार्यक्रम छ । उनका अनुसार सरकारमा रहेका तीनै जनाले नीति तथा कार्यक्रम पास गर्ने पक्षमा मत दिने प्रष्ट पारेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board