निर्वाचन आयोग सरकारको कठपुतली : माओवादीकेन्द्र

काठमाडौं १ असार । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग ुसरकारको कठपुतलीु बनेको आरोप लगाएका छन् ।

श्रेष्ठले मंगलबार ट्विट गर्दै संवैधानिक अयोगले लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको गम्भीर आरोप लगाएका छन् । श्रेष्ठका अनुसार तत्कालीन नेकपाको जस्तै निर्णय अहिले जसपामा दोहोराएर निर्वाचन आयोगले तमासा देखाएको बताएका छन् ।

“निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ । जसपाबारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो,” श्रेष्ठले लेखेका छन् ।

राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने माओवादीको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board