माधव नेपाल निवास कोटेश्वरमा देउवासँगै प्रचण्ड पनि

काठमाडौं, ३१ जेठ । तीन पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । एमाले नेता नेपाल निवास कोटेश्वरमा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल जारी छ । कांग्रेस सभापति देउवा पुगेको केहि बेरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि त्यहाँ पुगेका थिए । तीन शीर्ष नेतासँग दोस्रो तहका केहि नेताहरु पनि छलफलमा रहेको बताइएको छ । एमाले नेता बेदुराम भुसालले नेताहरुबीच समसामयिक राजनीतिका बारेमा छलफल भइरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति