सेयर बजारमा नयां रेकर्ड, अहिले सम्मकै उच्च कारोबार

काठमाडौं । सेयर बजारमा नयां रेकर्ड कायम भएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयां रेकर्ड कायम भएको हो । हिजो मात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड आज नै तोडिएको छ । कारोबार खुलेको केही मिनेटमा नै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । हिजो कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयां नाघेर नयां रेकर्ड कायम भएको हो ।

पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नया“ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति