आज विश्व रक्तदाता दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका बिभिन्न कार्यक्रम गरी मनाइदैछ । यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ । हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । मानव रगत समूह (ब्लड गुप्र) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । दिवसलाई नया“ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिने गरिएको छ ।

सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ । सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने चिकित्सकको भनाइ छ । रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ । एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ समेत भन्ने गरिन्छ । दैनिक २५० युनिट रगतको आवश्यकता पर्ने केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board