एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने

काठमाडौं । एसईईको मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यसवर्ष पनि विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नया कार्यविधि अनुरुप एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिइको बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले बताउ“नुभयो । विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले मुख्य अधिकार विषय शिक्षकलाई दिएको बताइएको छ ।

नया कार्यविधि सोमबार सार्वजनिक गरिने भएको छ । एसईईमा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोकेअनुरुप मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board