निर्वाचन आयोगको निर्णय : कारवाही कानूनसम्मत देखिएन, साविककै पदाधिकारी कायम

काठमाडौं, ३० जेठ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षको कारबाहीलाई अस्वीकार गरेको छ । दुवै पक्षले गरेको कारबाही कानुनसम्मत नदेखिएको ठहरसहित आयोगले पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको हो ।

एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानुन र दलको विधानसम्मत मान्न नमिलेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले एकले अर्को समूहलाई कारबाही गरेर विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई निवेदन दिएका थिए । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरी अद्यावधिकका लागि अनुरोध भइ आएकोमा माग बमोजिम अद्यावधिक गर्न नमिल्ने भएकोले दुवै पक्षको कारबाहीलाई खारेज गरिदिएको प्रवक्ता श्रेष्ठले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board