उपत्यकामा थप एक साता थपियो निषेधाज्ञा, के–के खुल्छ? (पत्र सहित)

काठमाडौं, ३० जेठ । काठमाडौं उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बसेको बैठकले निषेधाज्ञाबारे निर्णय गरेको हो । यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने भएका छन् । नयां शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएपछि यसपालि पुस्तक पसल खुलाउने भएको हो ।

केही भने खुकुलो हुने, खाद्यान्न र पुस्तक पसल ११ बजेसम्म खोल्न पाइने छन् । यस्तै हार्डवयर पसल दिउसो ४ बजेपछि खोल्न अनुमति दिने निर्णय भएको छ । यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइएको छ । यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामाग्री ढुवानी समेत गर्न पाइने भएको छ । यस्तै सहकारी र रेमिट हप्तामा दुई दिन खोल्न दिइने भएको छ ।

तर सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजा, शैक्षिक संस्थाहरु, सार्वजनिक सवारी साधन सञ्‍चालनमा रोक लगाउने निर्णय यथावत् राखिएको छ ।

आइतबारको निर्णयले होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको हो । ६१ जिल्लामा भोलिदेखि र चारवटा जिल्लामा आजदेखि निषेधाज्ञा सकिदैछ । यी जिल्लामा निषेधाज्ञा थप्ने तयारी छ । यसअघि निषेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले निषेधाज्ञा थपिसकेका छन् । सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ । सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बा“की ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board