भारतमा थप ६५ हजार संक्रमित, ३ हजार ७१ संक्रमितको मृत्यु

काठमाडौं, ३० जेठ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६५ हजार संक्रमित थपिएका छन् ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ९७३ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९४ लाख २४ हजार २६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १० लाख ३८ हजार ७९४ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ३ हजार ७१ संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने भारतमा उस्तै छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ७० हजार १६८ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board