कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुनेको सङ्ख्या दोब्बर

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्या लगभग दोब्बर भएका छन् । सो अबधिमा तीन हजार ७५० सङ्क्रमित थपिएका थिए भने छ हजार २९५ ले सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार १८२ नमूना परीक्षण गरिएको थियो । तीमध्ये नौ हजार ५९८ पिसिआर बिधिबाट र पाँच हजार ५८४ एन्टिजेन बिधिबाट परीक्षण गरिएको थियो ।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६७ जनाको मृत्यु भएको छ । यो विवरणसहित हालसम्म कूल आठ हजार ३०५ जनाको कोरोनाका कारण दुःखद निधन भएको छ । मन्त्रालयका अनुसार कूकल छ लाख चार हजार ३९६ जनाको कोरोना पोजेटिभ देखिएको छ । यस्तै, पाँच लाख २० हजार ८१६ जना निको भएका छन । निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या १० हजार ५१ जना रहेको छ । कूल एक लाख ८६ हजार २०३ निको भएका छन् भने एक हजार ७५० जनाको निधन भएको छ । भक्तपुरमा दुई हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेकामा १८ हजार ४२ निको भएका छन् । यस्तै, ३४९ को मृत्यु भएको छ । ललितपुरमा कूल तीन हजार ९९४ जना सक्रिय संक्रमित रहेकामा ३१ हजार ३१२ जना निको भएका छन् । यस्तै, ५०५ जनाको निधन भएको छ ।

४५ जिल्लामा ५०० बढी सङ्क्रमित

मन्त्रालयका अनुसार ५०० भन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लाको सङ्ख्या ४५ रहेको छ । प्रदेश नं १ को मोरङ, सुनसरी र झापामा ५०० बढी सङ्क्रमित रहेका छन् । प्रदेश नं २ को रौतटह, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा र सर्लाही रहेका छन् । वाग्मती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभे्रपलान्चोक, मकावानपुर, धादिङ, ुिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा र रामेछापमा ५०० बढी संक्रमित रहेको मन्त्रालयको भनाइ छ । गण्डकी प्रदेशका कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ र लमजुङ छन् ।

लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, पाल्पा, बदिृया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम र रोल्पा , कर्णाली प्रदेशको सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रूदेशको डेडेल्धुरा,कैलाली, कञ्चनपुर, बैतडी, अछाम र डोटीमा ५०० बढी संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

यस्तै, २०० भन्दा माथि उपचारार्थ सङ्क्रमति भएका जिल्लामा ताप्लेजुङ, उदयपुर, धनकुटा, संखुवासभा, खोटाङ र ओखलढ्ंगा छन् । रसुवा स्याङजा पर्वत, अर्घाखाँची, सल्यान, जाजरकोट, रुकुम पश्चिम र दार्चुलामा पनि २०० भन्दा माथि मात्रै सङ्क्रमित उपचारमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board