विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ लाखनजिक : पछिल्लो २४ घण्टामा ३ लाख ८८ हजार नौ सय ६३ जना नयाँ बिरामी थपिए

काठमाडौं, २९ जेठ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आज (शनिबार) बिहानसम्ममा ३८ लाखनजिक पुगेको छ ।

पछिल्लो केही समययता दैनिक १० हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ । विश्वमा एकै दिन १० हजार सात सय १५ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ लाख ९९ हजार तीन सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख ८८ हजार नौ सय ६३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १७ करोड ५९ लाख ९५ हजार दुई सय दुई पुगेको छ । सङ्क्रमितमध्ये १५ करोड ९८ लाख ८५ हजार तीन सय ७६ जना निको भएका छन् ।

एक करोड २३ लाख १० हजार पाँच सय १३ जनाको उपचार जारी छ । उपचाररतमध्ये ८४ हजार चार सय ८५ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक अमेरिकामा एकै दिन तीन सय ५८ जनाको मृत्यु भयो । हालसम्म कोरोनाका कारण छ लाख १४ हजार चार सय १३ जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार सात सय १२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४२ लाख ८७ हजार नौ सय ८१ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ८३ लाख पाँच हजार तीन सय पाँच जनाको उपचार सफल भएको छ ।

उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५३ लाख ६८ हजार दुई सय ६३ जनाको उपचार जारी छ । उपचाररतमध्ये पाँच हजार दुई सय ४३ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा एकै दिन चार हजार सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या विश्वका अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ६७ हजार ९७ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ८४ हजार छ सय ९५ जना नयाँ बिरामी थपिए । नयाँ थपिएको सङ्क्रमित सङ्ख्या पनि अन्य मुलुकको भन्दा उच्च हो । सङ्क्रमित सङ्ख्या दुई करोड ९३ लाख ५८ हजार ३३ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७९ लाख एक हजार छ सय ८८ जना निको भएर डिस्चार्ज हुँदै घर फर्किएका छन् । १० लाख ८९ हजार दुई सय ४८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन दुई हजार एक सय सङ्क्रमितको मृत्यु भयो । २४ घण्टाभित्रमा भारतपछि ब्राजिलमा धेरै सङ्क्रमितको मृत्यु भएको हो । हालसम्म कोरोनाका कारण चार लाख ८४ हजार दुई सय ३५ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन ब्राजिलमा ८० हजार नौ सय ५९ नयाँ सङ्क्रमित थपिए । यो सङ्ख्या पनि भारतपछिको धेरै हो । सङ्क्रमित सङ्ख्या एक करोड ७२ लाख ९६ हजार एक सय १८ पुगेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ५७ लाख १८ हजार पाँच सय ९३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

१० लाख ९३ हजार दुई सय ९० जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था नाजुक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board