शीर्ष राजनीतिक नेतृत्वसँग सभामुख सापकोटाको छलफल आज

काठमाडौं, जेठ २८ । सभामुख अग्निप्रसाद सापकोटाले आज पूर्व प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने भन्दै सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई पत्राचार नै गरेर बोलाएका छन् ।

प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । आजको छलफललाई राजनीतिक रुपमा महत्त्वका साथ हेरिएको छ । यद्यपि सत्तारूढ नेकपा एमालेले सभामुखको अग्रसरतालाई अनावश्यक भनिसकेको छ । प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति