बूढानीलकण्ठमा शुक्रबार पुन: खोप लगाइने

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले आज स्थगित खोप कार्यक्रम शुक्रबार पुनः शुरु गर्ने भएको छ । सोमबार र मङ्गलबार गरी एक हजार ९०८ लाई कोभिड १९ विरुद्ध चाइनिज भेरो सेल खोप लगाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयबाट सीमित खोप प्राप्त भएकाले बिहान ९ देखि अपराह्न ३ बजेसम्म ६० देखि ६४ उमेर समूहका नागरिकलाई लगाइने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो । खोप बुनपा–२ गणेशचोक र १० कपनबेखमा लगाइने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board