प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै, को–को बने मन्त्री (सूचीसहित)

काठमाडौं, २७ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले सात जना मन्त्री र एकजना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।प्रधानमन्त्री ओलीले पूर्वमाओवादी पक्षका तर्फबाट दुई जनालाई सामेल गरेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापा संचार मन्त्री बन्ने भएकी छिन् । यस्तै ज्वालाकुमारी साह कृषिमन्त्री बन्नेभएकी छिन् ।

यस्तै, जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले उद्योगमन्त्री पाएका छन् । जसपाभित्र ठाकुर समुहका नेता यादवलाई मन्त्री नबनाउँदा उनी ठाकुर समुह नै छोड्ने देखिएपछि मन्त्री पाएका हुन ।

यससँगै ओली मन्त्रिपरिषदमा जसपाले ११ वटा मन्त्रालय पाएको छ ।प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई ल्याएका छन् । महेश बस्नेतको नाम समेत चर्चामा आएपनि अधिकारीले गृहमन्त्रालय पाएका छन् ।यस्तै, नारदमुनी नारदमुनी राना, वनमन्त्री, मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वनराज्यमन्त्री बन्नेभएका छन् । माधव नेपाल समुह छोडेर ओली समुहमा लागेका पहाडी पनि मन्त्रीपदबाट पुरस्कृत भएका हुन् ।मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी छ ।

नयाँ बन्ने मन्त्रीहरु–

१। नारदमुनी राना, वनमन्त्री

२। मोहन वानियाँ, विनाविभागीय

३। खगराज अधिकारी,गृहमन्त्री

४। नैनकला थापा, सन्चारमन्त्री

५। ज्वालाकुमारी साह, कृषि मन्त्री

६। राजकिशोर यादव, उद्योग मन्त्री

७। गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८। आशा विक, वन राज्यमन्त्री

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board