प्रधानमन्त्रीका वकिलको माग प्रधानन्यायाधीशद्वारा अस्वीकार, पुरानै इजलासलाई निरन्तरता

काठमाडौँ, २६ जेठ । बरिष्ठताका आधारमा गठन भएको संवैधानिक इजलासमा बखेडा झिक्ने प्रधानमन्त्रीका वकिलको माग प्रधानन्यायाधीशले अस्वीकार गरेका छन् ।

बरिष्ठतम न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्कीलाई इजलासबाट हट्न प्रधानमन्त्री केपी शर्मा ओलीका वकिलले गरेको आग्रह प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इन्कार गरेका हुन् ।

आज प्रधानन्यायाधीश जबराले यसअघिकै इजलासलाई निरन्तरता दिएका छन् ।

आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश जबराले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका थिर्ए। यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै जबराले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आधा घण्टाको समय दिइएको छ ।

सुरुमै गठन भएको संवैधानिक इजलास विवादित बनेपछि प्रधानन्यायाधीश जबराले बरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति