के बालुवाटारमा बास बस्ने मानिस फेरिने बित्तिकै यो देशको समस्या समाधन हुन्छ – परराष्ट्रविद् रमेशनाथ पाण्डे

देश यतिबेला कोभिड–१९ महामारीको दोस्रो लहरबाट अत्यन्तै संक्टपूर्ण अवस्थाबाट गुज्रिएको छ । महामारी मात्रै होइन, राजनीतिक तथा संवैधानिक संकटले यतिबेला मुलुक झन् अस्वस्थ भएको छ । यो अवस्थामा यस्ता महामारी र यस्ता संकटसाग जुध्न सरकार र शीर्ष राजनीतिक दलहरुले कस्तो भूमिका खेलेका छन्, खोप पहलका लागि अन्तराष्ट्रियस्तरमा भएका प्रयास, परराष्ट्र एवम् कुटनीति प्रयासका सम्बन्धमा परराष्ट्रविद्सँग नेपाल पेजका लागि गरिएको संवादमा आधारित सारक्षेपः

कोभिड–१९ महामारी नियन्त्रण एवम् रोकथामका लागि सरकारबाट कस्ता पहल भएका छन् ? यसलाई कसरी हेर्नुभएको छ ?

अहिले हामी कोरोनाको कष्टकर अवस्थामा छौं, संसारै एउटा गाउँको रुपमा जोडिएको थियो कनेक्टिभिटीले गर्दा । तर अहिले फराकिला सडक रित्ता भएका छन्, मानिसहरु संसारभर आफ्नै घरमा शरणार्थी जस्तो भएर बस्नुपरेको छ । सारा संसार आतंकित भएर घरमा लुकेर बस्नुपरेको अवस्था छ । दोस्रो लहरको कोरोना महामारीमा पर्याप्त खोप छैन । म २०७२ को भुकम्प सम्झन्छु, त्यो बेला पनि संकट परेको थियो तर अझै पनि हाम्रो प्रशासनिक र कुटनीतिक क्षमता सुधार भएको छैन रहेछ । अहिले मान्छेले अन्तिम संस्कार पनि गर्न नपाएर एउटा अपरिचित व्यक्तिबाट जल्नु परेको अवस्था छ । तर पनि सरकारमा चेत खुलेन ।

This image has an empty alt attribute; its file name is 195161642_1240458396389261_8057328900134143342_n-768x364.jpg

आजनागरिकप्रति राज्य जिम्मेवार हुन सकेको छैन । भ्रष्टाचारको कामहरु भएका छन्, तेस्रो लहरको कोरोना सुरु हुने त्रास छ । विश्वका अन्य देशमा युद्धस्तरमा खोप लगाइएको छ । राष्ट्रपतिले भारतको राष्ट्रपतिलाई पत्र लेख्नुभयो जब की त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदी अत्यन्त शक्तिशाली छन् । हाम्रो देशको राष्ट्रपति त सेरेमोनियल मात्रै हो । रुसी राज्यले सहयोग गर्छु भन्दा सुनेको नसुनेझै गरेर टा¥यौं हामीले । भारत र चीनबाट हामी कोरोना महामारीसँग जुध्न सहयोग मागिरहेका छौं । मैले सञ्चारमाध्यमहरुबाटै देखिरहेको छु, स्वास्थ्यकर्मीहरुले नै मास्क, भाइजर छैन भनेर कराइरहनुभएको छ, कहाँ जान्छ त्यो सामाग्री ? सत्ताको लुछाचुडी र सत्तामुखी राजनीति मात्रै अहिले भइरहेको छ ।

पछिल्लो समय प्रधानमन्त्री ज्यूले बिबिसीमार्फत यूकेसँग खोप पहलका लागि आग्रह गर्नुभएको छ । यसखाले कुटनीतिलाई कसरी लिनुहुन्छ ?

प्रधानमन्त्री ज्यूसँग भीडलाई मनपर्ने सवाल–जवाफ गर्ने वाकशास्त्र छ उहाँसँग, यसमा मैले उहाँको समकक्षी पनि देखेको छैन । २०७७ मा भारतले आफ्नो सरकार ढाल्न खोज्दै छ भनेर प्रधानमन्त्री ज्यूले भन्नुभएको होइन ? यो नेपाल–भारत बीचमा कस्तो सम्बन्ध हो ? उहाँले खोपको लागि भारतसँग बिबिसीमार्फत आग्रह गर्नुभयो यो कस्तो संकेत हो ? यो नेपालको परराष्ट्र र कुटनीतिमा विचित्रको दृश्य हो ।

राष्ट्रपति ज्यूले पठाउनुभएको पत्रको पनि जवाफ आएक, कुनै परिणाम आएन । नेपालको कुटनीति र परराष्ट्रमा विगतदेखि सत्तामुखी राजनीतिका कारण पर्दै आएका विचलनहरुको दुष्परिणामहरु अहिले देखा पर्दैछन् । यो अच्चमको सम्बन्ध हो, एकैछिनमा घाम लाग्ने, एकैछिनमा पानी पर्ने अनि एकैछिनमा सम्बन्ध सुध्रिने π यदि नेपाल आफ्नो आधारभूत हित गर्न समेत पत्यारिलो छैन भन्ने निष्कर्शमा दुई छिमेकी मुलुकहरु भारत र चीन पुगे भने यसको दुष्परिणाम अहिलेको सरकारले, नेतृत्वले होइन यो नेपालले भोग्नुपर्नेछ । जब विश्वमाझमा अपत्यारिलो भएर नेपालले मित्रहरु गुमाएर एक्लिएको छ भन्ने कुरा हुन्छ, नेपाललको लागि त्यो दुष्परिणाम गम्भिर हुनेछ । २००७ सालदेखि निरन्तर पराईलाई गुहार्दै गरेको नेपालको राजनीति स्वामित्व खुम्चिदै गएको छ । सन् १८१६ मा महामारी आउदा भारतमा ६० हजारभन्दा बढी मरे । नेपालमा पनि त्यसको प्रभाव प¥यो । नेपालमा भिमसेन थापाले कुटिल कुटनीति गरे जसकारण राजनीतिक मूल्य र राष्ट्रको सम्मान बेचिएन ।

कोभिड–१९ महामारीको संकटसँगै देशमा यतिबेला राजनीतिक र संवैधानिक संकट पनि छ । देशको इतिहासमै विरासत बोकेको पार्टी जुन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र २०५२–५३ मा सशस्त्र संघर्षबाट आएको सबै खाले राजनीतिक पार्टीहरु अहिले एकै ठाउँमा छन्, निर्दलीय भएको भन्ने जस्ता राजनीतिक संकटलाई कसरी हेर्नुभएको छ ?

संविधान उत्कृष्ट बनेको छ भनेर यी नेताहरुले आफ्नै काँधमा धाप पिटेको होइन ? त्यतिबेला संविधानलाई आगो लगााउनेहरुको मिलनबिन्दु खोजिरहेको थियो । यो मुद्दा र यो संविधान त्रुटीपूर्ण छ भनेर साबित भइसकेको छ । कार्यपालिका निष्क्रिय भएको छ । प्रधानमन्त्रीले २–२ पटक संसद विघटन गर्नुभयो १७ पटक मन्त्रीपरिषद् हेरफेर गर्नुभयो । यो किन भयो त ? कार्यक्षमताको कर्मी या भ्रष्टाचार ? पालो पु¥याउनकै लागि मन्त्रिपरिषद् हेरफेर भयो । राजनीतिक दलहरुले आफ्नौ राजनीतिक संस्कार गुमाउदैछन् ।

भारतमा हेनुहुन्छ भने प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमा ७ वर्षमा कति मन्त्री हेरफेर भए ? त्यहाँ अहिलेसम्म २ जनाको मृत्यु भएकाका कारण मात्रै २ जना हेरफेर भए । त्यस्तै चीनमा सी जिन पिङको नेतृत्वमा पनि कुनै टिम परिवर्तन भएको छैन । नेपालमा प्रधानमन्त्रीले ३ वर्षमा २ पटक संसद विघटन गर्नुभयो । तर यस इतरका राजनीतिक दलहरु पनि चुकेका छन्, उनीहरुको विकल्प दिनसक्नुपथ्र्यो । पहिलो चोटी प्रतिनिधिसभा पुर्नस्थापना भएकै दिनमा त्यसको औचित्य पुष्टि गर्नसक्नुपथ्र्यो । राजनीतिक दलले विकल्प व्यक्तिको पनि दिनसक्नुपर्छ र विकल्प सोचको पनि दिनसक्नुपर्छ र त्यो विकल्पले राष्ट्रको विश्वासको पुर्नस्थापना पनि गर्नुपर्छ ।

अब हामी लेनदेनमा लाग्दैनौं अब राष्ट्रको हित हुने र अन्तरािष्ट्रय सम्बन्धमा पत्यार गर्न सक्ने शासन दिन्छौं । यो ३ वर्षमा नभएको कुरा बाँकी २ वर्षमा दिन सक्छौं भन्ने तयारीमा उहाँहरु अहिले हुनुहुन्छ कि हुनुहुन्न ? हुनुहुन्न भने देशले अर्को विकल्प नखोजी सुख छै । किनकी देशका अत्यन्त महत्वपूर्ण समय खेर खइसक्यो । राज्य र जनताबीचको सम्बन्ध विच्छेद हुने अवस्थामा पुगेको छ । जनता एक्लै घरमा लुकेर बसेको छ । सरकारमा बसेका मेरा मित्रहरु चाँडै सुध्रिनुहोस् भन्ने कामना गर्न चाहन्छु धन्यवाद ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board