योगेश भट्टराईको प्रश्न – एमालेका नेता आपसमा नमिल्ने तर विरोधीसँग मिल्न तयार हुने किन ?

काठमाडौं, २६ जेठ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी बचाउन जरूरी भएको बताएका छन्।

उनले यसका लागि नेताहरू गम्भीर रूपमा छलफल गर्नुपर्ने र साझा निष्कर्षका साथ अभियानमार्फत् एकता बचाउन जरूरी रहेको उल्लेख गर्दै आज धारणा सार्वजनिक गरेका छन्।

उनले एमाले एकताका मुल जड नेताहरूबीच विश्वासको संकट र आफ्नो पार्टीभन्दा अरू पार्टीलाई साथ लिएर गठबन्धन बनाउन केन्द्रीत हुनु रहेको बताएका छन्।

अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग साझेदारी गर्न तयार हुनु तथा खनाल र नेपाल ओलीसँगभन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग गठबन्धन गर्न तयार हुनु नै पार्टी एकताको मुख्य जड भएको भट्टराई बताउँछन्।

एमालेमा पछिल्लो समय अध्यक्ष ओलीले एकता प्रस्ताव राखेका छन्। तर उक्त प्रस्ताव जालझेलपूर्ण रहेको आरोप नेपाल पक्षको छ। यसबीच ओली र नेपाल तर्फका नेताहरू पार्टी एकताका लागि संवादमै पनि छन्।

यस्तो छ भट्टराईको भनाइ

एमालेको एकताको मुल जड?

कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।

कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कसले, किन र के का लागि गर्दैछ यो सबरु एमाले एकताको समस्याको मुल जड यहिँ छ। यस विषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत् एमालेको एकता बचाउन जरुरी छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board