ब्राजिलमा कोरोनाबाट दुई हजार छ सय ९३ सङ्क्रमितको मृत्यु (कहाँ कति सूचिसहित)

काठमाडौं, २६ जेठ । विश्वका विभिन्न मुलुकभन्दा पछिल्लो २४ घण्टाभित्र ब्राजिलमा धेरै कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । यसअघि छिमेकी मुलुक भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढी हुने गरेको थियो । तर २४ घण्टाभित्रमा भने भारतलाई उछिन्दै सङ्क्रमित गुमाउनेमा ब्राजिल अगाडि आएको हो ।

एकै दिन ब्राजिलमा दुई हजार छ सय ९३ सङ्क्रमितको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु भएको यो सङ्ख्या केही समययताकै उच्च हो । ब्राजिलमा हालसम्म कोरोनाका कारण चार लाख ७७ हजार तीन सय सात जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । मृत्यु सङ्ख्याको हिसाबले भने अमेरिकापछि ब्राजिलमा धेरै सङ्क्रमितको मृत्यु भएको छ । तर कोरोनाको दोस्रो भेरियन्टपछि दैनिक मृत्यु हुने सङ्ख्या भने विश्वका अन्य मुलुकभन्दा भारतमा धेरै थियो ।

ब्राजिलमा एकै दिन ५२ हजार चार सय ४८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ७० लाख ३८ हजार दुई सय ६० पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ५४ लाख ९४ हजार ७१ जना उपचारपछि निको भएका छन् । १० लाख ६६ हजार आठ सय ८२ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा एकै दिन तीन सय ७६ जनाको मृत्यु भयो । हालसम्म छ लाख १३ हजार एक सय २२ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

२४ घण्टाभित्र १२ हजार दुई सय ६८ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४२ लाख ४१ हजार पाँच सय ६१ पुगेको छ ।

दुई करोड ८२ लाख १९ हजार चार सय ४४ जना उपचारपछि निको भएका छन् । ५४ लाख आठ हजार नौ सय ९५ जनाको उपचार जारी रहेकोमा पाँच हजार एक सय ३५ जनाको अवस्था गम्भीर छ ।

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा २४ घण्टाभित्र दुई हजार दुई सय १३ सङ्क्रमितको मृत्यु भयो । हालसम्म तीन लाख ५३ हजार पाँच सय ५७ जना भारतीय नागरिककको मृत्यु कोरोनाका कारण भइसकेको छ ।

एकै दिन ९१ हजार दुई सय २७ नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या दुई करोड ९० लाख ८८ हजार एक सय ७६ पुगेको छ ।

दुई करोड ७४ लाख ९६ हजार एक सय ९८ जना उपचारपछि निको भएर सङ्क्रमण मुक्त बनेका छन् । १२ लाख ३८ हजार चार सय २१ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा पछिल्लो समय नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ । कोरोनाको दोस्रो भेरियन्टपछि भारत सङ्क्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो ।

दैनिक चार लाखभन्दा बढी सङ्क्रमित भेटिन्थे । चार हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । सङ्क्रमित सङ्ख्याको हिसाबमा कोरोनाबाट प्रभावित हुनेमध्ये भारत विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा २४ घण्टाभित्र नौ हजार पाँच सय ६२ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण विश्वभर ३७ लाख ६१ हजार सात सय ६३ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन तीन लाख ४७ हजार आठ सय ३५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १७ करोड ४७ लाख २० हजार छ सय १० पुगेको छ ।

सङ्क्रमितमध्ये १५ करोड ८४ लाख २३ हजार एक सय २३ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड २५ लाख ३५ हजार सात सय २४ जनाको उपचार जारी रहेकोमा ८५ हजार नौ सय ६४ जनाको अवस्था गम्भीर छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board