५ हजार १५३ जनामा संक्रमण, १०८ को मृत्यु, मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

काठमाडौं २५, जेठ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) का ५ हजार १ सय ५३ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप १ सय ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएो छ ।

यससँगै मृतकको संख्या ८ हजार नाघेको छ ।

हालसम्म ८ हजार ९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन गरी १७ हजार ६ सय ७६ नमूना परीक्षण गर्दा पीसीआरतर्फ ३ हजार ८ सय ७० र एन्टीजेनतर्फ १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ पुगेको छ ।

यही अवधिमा ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति