मुख्यमन्त्री त्रिलोचन भट्टले पाए विश्वासको मत


कैलाली, २५ जेठ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । उनले नेपाल पक्षका सांसदहरुले मतदान गरेपछि विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३० मत पाए । यस्तै विपक्षमा ९ मत मात्रै खस्यो । विपक्षमा एमालेको ओली पक्ष र जसपाका सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेसका सांसदहरु भने मतदानमा सहभागी भएनन् । कांग्रेसका १२ सदस्य रहेका छन् । प्रदेशसभामा ५१ जना सांसद उपस्थित रहेका थिए । सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य रहेका छन् । मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board