पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनामा कोरोना सङ्क्रमण, ७ हजार जना निको

काठमाडौं, २४ जेठ ।  गएको २४ घण्टामा नेपालमा चार हजार चार सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार दुई जनाको आरटीरपीसीआर र पाँच हजार नौ सय एक जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा चार हजार चार सय ७२ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ६ हजार एक सय ५५ पुगेको छ ।

गएको २४ घण्टामा ६ हजार नौ सय ५१ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या चार लाख ९७ हजार नौ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । अहिले कोरोना सङ्क्रमण निको हुने दर ८४ दशमलव २ प्रतिशत पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्राप्त विवरणअनुसार थप ९२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार नौ सय ९० पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board