ज्ञानेन्द्रकालका टीकेमन्त्रीको झल्को– पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं, २४ जेठ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सन्जाल ट्वीटरमा ट्वीट गर्दै ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन् बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि सार्वजनिक बक्तब्य मार्फत आव्हान गरेपछी पूर्व प्रधानमन्त्री भट्टराईको ट्वीट आएको हो ।

पूर्व प्रधानमन्त्री भट्टराईको ट्वीट

संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन्।खबरदार,नझुक्किऊॅ१ भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न१विष गुलियोमा मिसाएरै ख्वाइन्छ१ पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको वेहाल सम्झौं..

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति