महिलाहरुको सुन्दर हुने चाहाना :पेटघटाउन अपनाउं यी उपाय।

काठमान्डौ २३ जेठ

महिलाको सुगठित शरीर सुन्दरताको आधार हुन्छ । सुगठित शरीरका लागि सुगठित पेट आवश्यक छ । खानपिनमा गरिने असावधानीको परिणामस्वरूप पेट बाहिर निस्कन्छ र सम्पूर्ण शरीरको आकार नै बिग्रन सक्छ ।

सही आकारका लागि

धेरै मात्रामा खाना खानु वा खाना खानेबित्तिकै सुत्ने बानीका कारण पेट बाहिर निस्कन्छ । खाना खानेबित्तिकै सुत्ने बानी सुधार्नु जरुरी हुन्छ ।
धेरै फ्याट भएका खाद्यपदार्थ खानाले पेटको आकार बेडोल हुन पुग्छ । यस्तो खाना प्रायस् राति खानु राम्रो हुँदैन ।
लामो समय पिसाब रोक्दा पनि पेट बेडोल हुन्छ ।
व्यायामपछि तिर्खा मेटाउन बढी पानी पिउनु पनि पेटको आकार बिगार्नु हो । व्यायाम गरेको कमसेकम १५–२० मिनेटपछि मात्र पानी पिउनु उचित हुन्छ ।
कम्मरको मुनिको पहिरन कसेर बाँध्नाले पेट बाहिर निस्कदैन । नाभिमुनि लगाइने पहिरन कस्सिने गरी बाँध्नु हुँदैन ।
परत्येक दिन बिहान हिंड्ने गर्नुपर्छ गर्नुपर्छ । घुमफिर गर्दा सासभित्र तानेर पेटलाई पनि भित्रतर्फ खिच्नुपर्छ भने व्यायाम पनि गर्नुपर्छ ।
भोजन गर्दा पानी पिउनु ठीक होइन । भोजन गरेको आधा घन्टापछि मनतातो पानी पिउनु उपयुक्त हुन्छ ।
सातामा एकपटक पेटमा उबटन लगाएर स्नान गर्नुपर्छ । यसबाट पेटको छाला कसिलो हुन्छ ।
बस्ने मुद्रामा विचार पुर्‍याउनुपर्छ । अफिसमा बढी समय छ भने आसन परिवर्तन गरिरहनुपर्छ ।
गर्भावस्थामा तेलले विस्तारै पेट मालिस गर्नुपर्छ । प्रसवपछि हल्का दबाब दिएर पेटलाई बाँधेर राख्नुपर्छ ।
सातामा एकपटक चिसो र तातो पानीले पेट सेक्नुपर्छ ।
पहिरन

पहिरन लगाउने शैलीमा केही परिवर्तन गरेर पनि ठूलो पेटलाई लुकाउन सकिन्छ ।
भर्टिकल लाइनिङ भएको कपडा लगाउँदा पेट सानो देखिन्छ ।
बढ्दो पेटमा पातलो साडी बाँध्नु हुँदैन । साडी भिजे पनि पेट ठूलो देखिन्छ ।
सुट धेरै लुज वा टाइट हुनु हुँदैन ।
पेट ठूलो छ भने ब्लाउजको हुक वा बटन कसेर लगाउनु ठीक हुँदैन । यसबाट पेट अझ ठूलो देखिन्छ ।
लामो साडी लगाउनु पनि राम्रो हुँदैन ।
आफ्नो रंग–रूप हाइलाइट हुने पहिरन छनोट गर्नुपर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board