काठमाडौं २२ जेठ। चीनको प्रसिद्ध शहर ल्हासमा क्रियाशील गुडविल फाउन्डेशनले नेपाल सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सप्रदान गरेको छ ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाललाई फाउन्डेशनका प्रमुख मा जियानले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । महावाणिज्यदूत ढकालका अनुसार फाउन्डेशनबाट प्राप्त सहायाता सामाग्री आजै खासा तातोपानी नाकामा पुगिसक्ने बताए ।

कोराना भाइरसको महामारी नियन्त्रण गर्न फाउन्डेशनले शुरु देखि नै नेपालका मास्क, स्यानिटाइजर, पीपीइ सेट सहायता गर्दै आएको थियो । पछिल्लो पटक ल्हासा स्थिति नेपाली बाणिज्यदूतावासको अनुरोघमा गुड विल फाउन्डेशनले अस्किजन कन्सन्ट्रेटर सहायता नेपाल सरकारलाई उपलव्ध गराएको हो ।

नेपालको कोरोना भाइरस महामारी नियन्त्रणका लागि सहयोग गर्न पाउंदा आफूलाई खुशी लागेको फाउन्डेशनका प्रमखु मा जियानले बताए ।
महावाणिज्यदूत ढकालले सहयोगका लागि फाउन्डेशनलाई धन्यवाद ज्ञापन गरेका छन् । नेपालमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस महामारी नियन्त्रण गर्नका लािग चीन सरकार र चीनमा क्रियाशील विभिन्न संघ संस्थाले नेपाललाई सहयोग गर्दै आएका छन् ।
COMMENTS