भारतमा संक्रमण घट्दै : पछिल्लो २४ घण्टामा ३३ सय ८२ को मृत्यु

काठमाडौं, २२ जेठ । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमण र मृत्यु दर घट्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना संक्रमणका कारण ३ हजार ३८२ जनाको ज्यान गएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार १०१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ पुगेको छ ।

भारतमा अहिलेसम्म पनि १५ लाख ६२ हजार ५८५ जना सक्रिय संक्रमित रहेका छन भने ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा हालसम्म २ करोड ६७ लाख ८७ हजार १३० जना निको भएका छन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र मृत्यु दरका हिसाबले दोस्रो स्थानमा रहेको मुलुक ब्राजिलमा यो अवधिमा कोरोना संक्रमणका कारण १ हजार १८४ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म त्यहाँ मृत्यु हुनेको कुल संख्या ४ लाख ७० हजार ९६८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३८ हजार ४८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ कोरोना संक्रमितहरुको कुल संख्या १ करोड ६८ लाख ४१ हजार ९५४ पुगेको छ ।

त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४९६ जनाको मृत्यु भएको छ । योसंगै त्यहाँ मृत्यु हुनेको कुल संख्या ६ लाख १२ हजार १८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा १५ हजार २४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या ३ करोड ४१ लाख ९० हजार १ सय नाघेको वर्ल्डोमिटरले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board