भारतसँगका असमझदारी अब हटे – प्रधानमन्त्री ओली

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएका असमझदारी हटेको बताएका छन्। बीबीसी हिन्दी सेवाका लागि पत्रकार शालु यादवलाई दिएको अन्तर्वार्तामा उनले छिमेकी देशहरुबीच प्रेमसँगै समस्या पनि हुनु स्वाभाविक भएको बताए।

‘असमझदारीहरु थिए, तर अब ती असझदारी हटेका छन्। कुनै समय असमझदारी थियो भन्दैमा त्यसैमा अल्झिएर बस्नु हुँदैन। भविष्य हेरेर अगाडि बढ्नुपर्छ। केही अँध्यारा र काला पक्षहरु थिए भने पनि त्यसमा अल्झिनु हुँदैन, उज्यालो पक्षलाई लिएर अगाडि बढ्नुपर्छ,’ उनले भने।अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सिमाना खुला भएको भन्दै कोरोना महामारी एक अर्को देशमा फैलिनु स्वाभाविक भएको बताए।

नेपाल र भारतको मित्रतालाई हेरेर भारतले पूर्ण रुपमा सहयोग गर्नुपर्ने उनले बताए। ‘नेपाललाई अरु देशभन्दा फरक ढंगले हेर्नुपर्छ भारतले, किनकि हामी त्यस्तो छिमेकी हौँ जहाँ खुला सिमानामा दुवैतिर खेत छन्। कहीँकहीँ त दशगजा कहाँ छ, त्यो पनि थाहा छैन। मानिसहरुबीच हरेक कुराका निम्ति आवतजावत हुन्छ। यी र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ।भारतले सबैभन्दा पहिले नेपाललाई कोभिडको खोप उपलब्ध गराएकोमा प्रम ओलीले भारतलाई धन्यवाद पनि दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति