कोभिडविरुद्धको ‘सिनोभ्याक’ खोपलाई नेपालमा अनुमति

काठमाडौं, २१ जेठ । सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई अनुमति दिएको हो ।
गत मंगलबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले अनुमति प्रदान गरेको खोप १८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई लगाउन सकिने छ । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिन्छ ।नेपाल सरकारले यसअघि भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड, चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल र रुसी खोप स्पुतनिक भी र भारतीय खोप कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।स्वास्थ्य मन्त्रालयले भ्याक्सिन, अक्सिजन कन्सन्ट्रेसन, पेडिएट्रिक भेन्टिलेटर, आईसीयू बेड, मनिटर, पीसीआर टेस्ट किटबाहेक अन्य स्वास्थ्य सामग्री सहयोग नपठाउनका लागि परराष्ट्रमन्त्रालयमा पत्राचार गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । अन्य स्वास्थ्य सामग्री आवश्यकभन्दा धेरै आएको र थप सहयोग गर्न चाहने निकायले यी सामगी्रलाई प्राथमिकतामा राख्न आग्रहसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति