चार सरकारी मिडियाको नारा परिवर्तन गर्ने सरकारको निर्णय

काठमाडौं, २१ जेठ । सरकारले ४ वटा सरकारी मिडियाको नारा परिवर्तन गर्ने निर्णय गरेको छ । यसअघिको नारा विकासका लागि सञ्चार पुरानो भएकोले नयाँ नारा ‘समृद्धिका लागि सञ्चार’ बनाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउने कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीको दृष्टिकोणअनुसार नारा परिवर्तन गर्न लागेको बताए ।

मन्त्री गुरुङले भने–‘ हामीले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रको नारा परिवर्तन गरेका छौँ । हिजो विकासका लागि सञ्चार भनिन्थ्यो भने अब नेपाल सरकार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको राष्ट्रिय दृष्टिको सम्बृद्ध नेपाल, सुखी नेपालीको एउटा सङ्कल्पलाई अघि सार्नुभएको छ । आजको दिन हामीले निर्णय गरिसकेका छौँ, अब विकासको लागि सञ्चारको ठाउँमा समृद्धिको लागि सञ्चार बनाउँदैछौँ । हिजो एउटा फेजमा विकासका लागि सञ्चार थियो भने अब समृद्धिको लागि सञ्चार ‘स्लोगन’ परिवर्तन भएको जानकारी गराउँछु ।’ यसअघि नेपाल टेलिभिजनको नाराका रुपमा विकासका लागि सञ्चार रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति