जसपाको ठाकुर पक्षबाट १० जना मन्त्री ओली सरकारमा सहभागी

काठमाडौं २१ जेठ । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री वर्तमान केपी शर्मा ओली सरकारमा सहभागी भएका छन् । जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको छ । उनीहरुको आज सांझ ६ बजे सपथग्रहण हुने कुरा भएको छ ।

मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् ।

जसपा स्रोतका अनुसार राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुने भएका छन् ।
पछिल्लो समय जसपाभित्र ओली सरकारलाई हेर्ने विषयमा पार्टी फुट्नै लाग्दा ठाकुर पक्ष ओली सरकारमा सहभागी भएको हो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा रहेको छ । उपेन्द्र यादव पक्षले ठाकुर सहितका ४ नेतालाई पार्टीबाट निष्काशन गरिसकेका छन् । यादव पक्ष विपक्षी गठबन्धनससंग मिलेर ओली सरकार विरुद्धमा आन्दोलित छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति