कोभिडबाट बच्न भन्दै बेसार, मेथी, भिटामिन डी लगायतका औषधिको सेवनबाट निम्तियो जटिल समस्या

काठमाडौँ जेठ २१
मुम्बईको अपोलो एन्ड फोर्टिस हस्पिटलकी इण्डोक्राइनोलोजिष्ट डा तेजर लाथिया कसरी मधुमेहका बिरामीमा भिटामिन डीको विषाक्तता टक्सिसिटीभइरहेको छ भन्ने विषयमा पछिल्ला केही दिनयता अचम्ममा परेकी छन्।

पछिल्ला केही महिनामा किन यति धेरै यस्ता साइड इफेक्ट भएका बिरामी आइरहेका छन् भनेर गरिएको सर्वेक्षणमा कोभिड(१९ लाग्ने डरले मानिसहरूले सामाजिक सञ्जालमा आएका विभिन्न अफवाहको विश्वास गरी भिटामिन डीले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै यसका विभिन्न औषधि अत्यधिक सेवन गर्न थाले जसका कारण यसले साइड(इफेक्ट निम्त्यायो र मानिसमा अन्य रोगको जोखिम बढाएको पाइयो।

‘कोभिड(१९ बाट बँच्न भिटामिन डीले धेरै सहयोग पुर्‍याउनुका साथै कोभिडविरूद्धको रोग प्रतिरोधात्मक क्षमता अत्यधिक अभिवृद्धि गर्छ भन्ने अफवाह सामाजिक सञ्जालमा देखेपछि मसँग उपचार गर्न आएका एक बिरामीले हप्तामा एकपटक खानुपर्ने भिटामिन डीको औषधि दैनिक रूपमा सेवन गर्न थाल्नुभएछ’ डा लाथियाले भनिन्।

भिटामिन डी को अत्यधिक प्रयोगबाट ब्लड र युरिन क्याल्सियमको मात्रा बढ्न थाल्छ, जसले गर्दा टाउको दुख्ने, वान्ता हुने, डिहाइड्रेसन, चक्कर आउनेजस्ता अन्य धेरै असरहरू देखिन्छन्।

‘रगतमा भिटामिन डी को मात्रा १५० नानोग्राम पर मिलिलिटरभन्दा बढी भयो भने विषाक्तता हुन्छ र यसले विभिन्न असर देखाउन थाल्छ। मसँग आएका ती बिरामीको रगतमा भिटामिन डीको मात्रा ३४८ नानोग्राम पर मिलिलिटर थियो। भाग्यवश भनौं उनलाई त्यस्तो नराम्रा असर देखिएनन्।’ उनले भनिन्।

उनका अनुसार पछिल्लो समय आएका कोभिड(१९ बाहेकका सबै बिरामीहरू यस्तै अफवाहका पछि लागेर यस्तै वा अन्य प्रकारका औषधिको मात्रा नमिलाई खाएर अस्पताल आएकाहरू छन्। ‘मैले प्रायः सबै बिरामीबाट इम्युनिटी बढाउने ‍विभिन्न औषधिको बारेमा सुन्दै आएकी छु’ उनले भनिन्, ‘रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि अत्यधिक प्रयोग भएकामध्ये घरमा बनाइएको काढा, जिंक, भिटामिन सी, भिटामिन डी र होमोप्याथिक अर्सेनिकम आल्बुमजस्ता औषधिहरू रहेका छन्।’

बिरामीका यस्ता समस्या सुन्ने डा लाथियाका मात्र होइनन्। देशभरि नै मानिसहरू यस्ता अफवाहको पछि लाग्ने गरेका छन्। सामाजिक सञ्जालमा देखेको भरमा बेसार, मेथी, घ्युकुमारीको जुस र भिटामिन डीलगायतका औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन्।

‘मसँगै काम गर्न साथी र मसँग यस्ता धेरै किसिमका बिरामीहरू आउने गरेका छन्, जोमध्ये धेरैले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने भन्दै विभिन्न औषधिहरूको प्रयोग विज्ञको सल्लाहबिना नै प्रयोग गर्ने गरेका छन्’ केरलास्थित कोसिन ग्यास्ट्रोइन्टेरोलोजी ग्रुपका हेपाटोलोजी तथा लिभर ट्रान्सप्लान्ट मेडिसिनका विशेषज्ञ डा क्रायक एबी फिलिप्सले भने।

‘यसको एउटा कारण भनेको मानिसहरूले कोभिड(१९ संक्रमितसँगको सम्पर्कपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधिको प्रयोग गर्नु हो’ डा फिलिप्स भन्छन्, ‘सामाजिक सञ्जालमा फैलिएका केही सरकारद्वारा समेत समर्थित तथ्यहीन अफवाहका पछि लागेर मानिसहरूले आफ्नो दैनिक जीवनमा यस्ता अस्वस्थ वस्तु प्रयोग गरिरहेका छन्। जसको फलस्वरूप मानिसमा विभिन्न रोगहरू देखापर्न थालेका छन्।’

सरकारमा भएका व्यक्तिले नै यस्ता कुराको समर्थन गर्नाले र मानिसहरूलाई यस्ता कुरा प्रयोग गर्न भनिदिने तर यसको मात्रा र कस्ता मानिसले यस्ता औषधिको प्रयोग गर्नुहुँदैन भनेर नभनिदिँदा धेरैलाई समस्या परिरहेका डाक्टरहरू बताउने गर्छन्।

भारतको केन्द्रीय सरकारले नै केही दिनअघि ‘आर्सेनिकम आल्बुम ३०’ नामक होमोप्याथिक औषधि सुझाएको थियो। ‘धेरै आयुर्वेदिक र यस्ता भिटामिनहरू मात्रा मिलाएर खाँदा धेरै असर गर्दैनन् तर मात्र नमिलाई आफ्नो खुसी गरेर अथवा अफवाहका पछि लागेर खानाले हाम्रो स्वास्थ्यमा धेरै ठूलो असर गरिरहेको हुन्छ। कतिपयले पहिलेदेखि नै दीर्घरोगका विभिन्न औषधिहरू प्रयोग गरिरहेका हुनसक्छन्, त्यस्ता व्यक्तिलाई त झन् कतिपय यस्ता कुराहरू विषाक्तसमेत बन्न सक्छन्। यस्तो हुँदा डरलाग्दो अवस्था सिर्जना हुने गर्छ।’ गुरूग्रामस्थित फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्युटका पलमोनोलोजीका निर्देशक डा मनोज गोएलले भने।

प्राकृतिक उत्पादनको अत्यधिक प्रयोगबाट हुने साइड(इफेक्ट
विभिन्न क्षेत्रका डाक्टरहरूले अहिले यस्ता घटनाहरू भोगिरहेका छन्। डा फिलिप्स भन्छन्, ‘मेथीको अत्यधिक प्रयोगले मानिसहरूलाई विभिन्न साइड इफेक्ट भएर धेरै बिरामीहरूको उपचार मैले गरेको छु।’ केरलामा कार्यरत डाक्टरका अनुसार मेथीको अत्यधिक प्रयोगले रगतलाई पातल्याउने काम गर्छ, जसले गर्दा कलेजोसम्बन्धी समस्या भए पनि नभए पनि रक्तस्रावको समस्या पैदा हुने गर्दछ।

दिल्लीस्थित मेदान्त अस्पतालका इण्डोक्राइनोलो एन्ड डाइबिटीजका सिनियर कन्सल्ट्यान्ट डा एम सफी कुचेले एक ट्वीट गर्दै बेसारको अत्यधिक प्रयोगबाट आफ्ना एक बिरामीमा आँखा पहेंलो हुने समस्या देखिएको उल्लेख गरे।

ट्वीटमा उनले लेखेका छन्, ‘हिजो मैले एकजना मधुमेहका बिरामीलाई हेरें। उनको बिलिरूबिन सामान्य थियो। उनको आँखा सामान्यावस्थाको भन्दा पहेंलो थियो तर उनमा कलेजोको कुनै समस्या थिएन। कारणस् उनले कोभिड(१९ बाट बच्नका लागि पछिल्ला २(३ महिनायता एकदिनमा हरेक पटक २ टेबलचम्चा बेसार पानीमा मिसाएर पिउने गरेका रहेछन्।’

‘हामीले यस्ता धेरै बिरामी देखेका छौं, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेदिक औषधिको प्रयोग गरिरहेका छन्’ उनले भने।

दिल्लीमा अवस्थित धर्मशीला नारायण सुपरस्पेस्यालिटी हस्पिटलका इन्टर्नल मेडिसिन कन्सल्ट्यान्ट डा गौरव जैनका अनुसार अहिले उनी कार्यरत अस्पतालमा हरेक दिन ४ देखि ५ यस्ता बिरामी आउने गरेका छन्, जसले कोभिडको डरले इम्युनिटी बुस्टरको नाममा अनेक औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन्।

‘कोभिडबाट बँच्न यस्ता औषधिहरूको अत्यधिक प्रयोग गर्नाले योभन्दा पनि अन्य रोगको जोखिम बढिरहेको देख्दा दुःख लाग्छ’ डा जैन भन्छन्, ‘अश्वगन्धा, धेरै औषधिहरू मिसाएर खाइने काढा, च्यवनप्रासजस्ता उत्पादनको अत्यधिक प्रयोगले पाचन प्रणालीमा समस्या निम्त्याउने गर्दछन्।’

भारतमा गरिएको एक सर्वेक्षणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै धेरैथरि औषधिहरू बेचिएको पाइएको छ।

भारतको हेल्थ रिसर्च फर्मका प्रोन्टो कन्सल्टद्वारा गरिएको एक सर्वेक्षणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने नाममा औषधिमात्र नभएर खद्यान्नहरू समेत बिक्री भइरहेको पाइएको थियो।

हरेक १ सय औषधिको बिलमा ९२ औषधि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरू पाइए’ उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ, ‘मह, च्यवनप्रास, अदुवा, मोरिंगा, ओलिफेरा, करेला, हर्वल चिया, तुलसी, बेसार, कागती आदी आयुर्वेदिक उत्पादनको बिक्री ह्वात्तै बढेको छ।’

यस्ता औषधिहरूको प्रयोग गर्दा विज्ञसँग सल्लाह गरेरमात्र मात्रा मिलाएर प्रयोग गर्नका लागि सुझाउने गरेका छन्। नत्र अन्य रोगका समस्या झेल्नुपर्ने हुनसक्ने डाक्टरहरू बताउँछन्।

‘विज्ञको सल्लाहबिना इम्युनिटी बुस्टरको नाममा अनेक औषधिको अत्यधिक प्रयोग नगर्नुहोस्। विशेषगरी त्यस्ता व्यक्तिले जसलाई पहिलेदेखि नै अन्य रोगले सताइरहेको छ’ डा जैनले भने।

‘मैले प्रयोग नै गरेर हेर्दा पनि भिटामिन सी, डी र जिंकजस्ता औषधिले कुनै असर गर्दैनन् यदि मात्रा मिलाएर प्रयोग गरियो भने’ डा लाथियाले भनिन्, ‘मैले बिरामीलाई अन्य वस्तुहरुको अत्यधिक प्रयोगभन्दा बरू बाफ लिन र नुन पानीले कुला गर्न सुझाउने गरेको छु।’

‘नचिनेका त्यस्ता औषधिहरू विशेषज्ञको सल्लाहबिना प्रयोग नगर्न मैले सँधै भन्ने गरेकी छु’ उनले भनिन्, ‘तौल व्यवस्थापन, ब्लड सुगरको सही नियन्त्रण, उचित औषधिको प्रयोग र रक्तचाप नियन्त्रण, मास्कको प्रयोग र हात धुनेजस्ता उपाय अपनाउनु नै अहिलेका लागि राम्रा विकल्पहरू हुन्’

यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस ९कालो ढुसी० रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए । ‘ब्ल्याक फंगसको लक्षण देखिएका आधारमा उनको उपचार भइरहेको थियो,’ उनले भने, ‘अस्पतालका डा। शेरबहादुर कमर, डा। अशोक श्रीपाइली, निशान भट्टराई र ईएनटी चिकित्सकको टिम उनको उपचारमा संलग्न थियो ।’ श्रेष्ठका अनुसार ती व्यक्तिको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

यसअघि ती व्यक्तिमा कोरोना भएको कुनै संकेत नदेखिएको र उनले पनि यसबारे केही नबताएको सूचना अधिकारी श्रेष्ठले बताए । उनको प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।

कस्ता व्यक्तिलाई ब्ल्याक फङ्गस लाग्छ 

म्यूकोर्माइकोसीस ९ःगअयचmथअयकष्क० नामक फंगाइका कारण हुन्छ । दीर्घरोगी तथा पुनः बिरामी भएका, शरीरको प्रतिरोधी प्रणालीलाई कमजोर बनाउने औषधीहरु सेवन गरिरहेका, प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई म्यूकोर्माइकोसीस तथा कालो ढुसी संक्रमण हुने आईओएमका सहप्राध्यापक तथा छाती रोग विशेषज्ञ डा। निरज बम बताउँछन् ।

कालो ढुसी शरीरको कुनै पनि हिस्सामा लाग्न सक्छ । कोरोना संक्रमितहरुले स्टेरोइड र टोसिलिजुमाव इन्जेक्सनको अत्याधिक मात्रा प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले संक्रमितमा कालो ढुसीपनि देखिएको उनले बताए । कोरोना संक्रमित त्यसमाथि मधुमेह भएका व्यक्तिलाई विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

‘संक्रमितमा सुगरको लेभल बढ्दा शरीर कमजोर हुन्छ,’ उनी भन्छन्, ‘अस्पतालमा मधुमेह भएका व्यक्ति, संक्रमित भएर होम आइसोलेशनमा बसेका थप समस्या आउनसक्छ, त्यसैले कालो ढुसीबाट जोगाउनका लागि दीर्घरोगी तथा मधुमेहका बिरामीलाई निगरानीमा राख्नुपर्छ ।’

कोभिड बिरामीसँगै दीर्घरोगी जस्तै क्यान्सर, मृगौला, मुटु, अंग प्रत्यारोपण गर्ने, क्यान्सरको उपचार गराइरहेकाहरुमा फङ्गस अर्थात ९कालो ढुसी० उच्च जोखिम रहेको डा। बम बताउँछन् । यो रोग कुनै पनि उमेर समूहका व्यक्तिका लागि जोखिम रहेको उनले सुनाए ।

कसरी सर्छ कालो ढुसी 

शरीरमा कालो ढुसीको संक्रमण भएपछि पहिचान गर्न नसकेको खण्डमा ५० प्रतिशतको ज्यान जाने खतरा उच्च रहेको अध्ययनले देखाएको डा। बमको भनाइ छ । वातावरणमा फङ्गस अर्थात ९कालो ढुसी जहाँ सुकै हुन सक्छ । जस्तै जमिन र सढेका कुनै वस्तुमा, पात–पतिङ्गर, कुहिएका सडेका दाउरा, कम्पोस्ट खादमा हुन सक्छ । हावाको माध्यमबाट ब्ल्याक फङ्गस सर्छ । श्वासको माध्यमबाट वातावरणमा रहेको ब्ल्याक फङ्गस शरीरमा पुग्छ ।

फोक्सोमा पनि ब्ल्याक फङ्गसले श्वासप्रश्वासको माध्यमबाट क्षति पुर्याउन सक्छ । शरीरमा कुनै घाउ वा जलेको भए त्यहाँबाट संक्रमण शरीरका विभिन्न भागमा सक्रमण फैलन सक्छ । कालो ढुसी शरीरको जुन क्षेत्रमा पनि लाग्न सक्छ । जहाँ कालो ढुसी लाग्छ त्यहाँको भाग काम नलाग्ने बनाउन सक्छ ।

जस्तै अहिलेसम्म नाम, मुख, आँखाको वरिपरिको भागमा कालो ढुसी लागेको देखिएको छ । भारतमा कालो ढुसी आँखा वरिपरि लाग्दा आँखा नै निकाल्नुपर्ने अवस्था सिर्जना भएको उनीले सुनाए । आँखाको ज्योति समेत गुम्नसक्छ । यो टाउकोमा भयो भने ब्रेन ट्युमर लगायतका रोग लाग्छ । समयमै उपचार भएन भने दिमागसम्म पुगेको कालो ढुसीले मृत्युको संख्या उच्च रहेको उनी बताउँछन् ।

ब्ल्याक फङ्गस शरीरको जुन हिस्सामा संक्रमण हुन सक्छ । संक्रमणको आधारमा लक्षण देखिने गर्छ । जस्तै ज्वरो आउने, टाउको दुख्ने, नाक बन्द हुने, बान्ता तथा उल्टी आउने, छाती दुख्ने, अनुहारको एकपट्टिको भाग फुलिने, नाकमा कालोकालो घाउ देखिने हुन्छ । सामान्यतया कोरोना संक्रमणको लक्षण देखिएको २ देखि ४ हप्तासम्म कालो ढुसीको समस्या देखिन्छ । कोलो ढुसीको संक्रमण भएको १० देखि ६० दिनसम्म पनि समस्या देखिरहन सक्ने वरिष्ठ रोग विषेशज्ञ डा। बम बताउँछन् ।

यस्तै विश्व स्वास्थ्य संगठन९डब्ल्यूएचओ० ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ । बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि डब्लूएचओले उक्त कुरा स्पष्ट पारेको हो ।

बेलायती ट्याब्लोइड अखबार डेली मेलले नेपालमा नयाँ भेरियन्टमा कोरोना संक्रमण भेटिएको भन्दै समाचार प्रकाशित गरेको थियो । डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ भन्दै कभरमै समाचार प्रकाशित गरेको थियो ।

डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने कुरा समाचारमा उल्लेख गरेको छ । नेपालमा उत्परिवर्तित भएको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएकाले बेलायतबाट घुम्न जानेहरुलाई चुनौती थपिएको डेली मेलको दाबी छ ।

तर डब्लूएचओले भने नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ । डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्‍जालमा लेखेको छ, ‘नेपालमा सार्स(कोभ(२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा ९बी।१।१।७० , डेल्टा ९बी।१।६१७।२० र काप्पा ९बी।१।६१७।१० हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा ९बी।१।६१७।२० हो ।’

डब्लूएचओले हालै मात्र भाइरसका भेरिएन्टलाई देशको नामसँग जोडेर नकारात्मक टिप्पणी गर्ने गरिएकाले नयाँ नाम दिएको छ । यूके, दक्षिण अफ्रिका, ब्राजिल, अमेरिका, फिलिपिन्स र भारतमा पहिलोपटक देखिएका भेरिएन्टलाई डब्लूएचओले ग्रीक भाषाका अक्षरबाट नयाँ नाम दिएको हो । यूकेमा देखिएको भेरिएन्ट बी।१।१।७ लाई अल्फा नामकरण गरिएको छ । उक्त भेरिएन्ट सन् २०२० को सेप्टेम्बरमा पहिलोपटक देखिएको हो । त्यस्तै, दक्षिण अफ्रिकामा २०२० को मेमा पहिलोपटक देखिएको भेरिएन्ट बी।१।३५१ लाई बिटा नाम दिइएको छ ।

त्यसैगरी, डब्लूएचओले ब्राजिली भेरिएन्ट पी।१ लाई गामा नाम दिएको छ भने भारतीय भेरिएन्ट बी।१।६१७।२ ले डेल्टा नाम पाएको छ । ब्राजिली र भारतीय भेरिएन्ट गत वर्षको नोभेम्बर तथा अक्टोबरमा पहिलोपटक देखिएका थिए ।

भारतमा देखिएको नयाँ भेरियन्ट ९ बी।१।६१७।२० लाई गत महिना ‘भारतीय भेरिएन्ट’ को नाम दिइएपछि भारत सरकारको निकै आलोचना भएको थियो । ‘कुनै पनि देशलाई भाइरसको भेरिएन्ट देखिएका आधारमा कलंकित पार्नु हुँदैन,’ डब्लूएचओको कोभिड–१९ प्राविधिक प्रमुख मारिया भान केरखोभले ट्वीटरमा लेखेकी छन् ।

भारतमै देखिएको अर्को भेरिएन्ट बी।१।६१७।१ लाई भने काप्पा नाम दिइएको छ भने ब्राजिलको अर्को भेरिएन्ट पी।२ ले जिटा नाम पाएको छ । फिलिपिन्सको पी।३ लाई थिटा तथा अमेरिकामा देखिएका बी।१।५२६ लाई आयोटा र बी।१।४२७रबी।१।४।२९ लाई एप्सिलन नाम दिइएको छ । त्यस्तै विभिन्न देशहरूमा देखिएको पी।३ लाई भने डब्लूएचओले इटा नाम दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board