थाइल्याण्डको फुकेटमा जुलाई १ देखि होटलमा बस्दा ‘एकरातको एक डलर’ मात्र लाग्ने योजना


काठमान्डौ जेष्ठ २०

थाइल्याण्डले पर्यटकहरुलाई आकर्षित गर्न फुकेटको रिसोर्ट आइल्याण्डमा जुलाई १ देखि लागु हुने गरी विशेष योजना ल्याएको छ । पूर्णरुपमा भ्याक्सिन लगाएका अन्तर्राष्ट्रिय यात्रुहरुले जुलाई १ बाट फुकेटको यात्रा गर्दा क्वारेन्टीनमा बस्नुपर्नेछैन भने एकरात एकडलर अभियान समेत सुरु गरिने भएको छ ।

एकरात एकडलरको योजना यो कार्यक्रममा सहभागी होटलहरुका सन्दर्भमा मात्र लागु हुनेछ । यो योजना अन्तरगत यात्रुहरुले सामान्यतया एकरातको ३२ डलरदेखि ९६ डलरसम्म पर्ने होटलका कोठा एकरातको एकडलरमा पाउनेछन् । आइल्याण्डमा ७० हजार कोठाहरुसहित एकरातको एकडलरमा झण्डै १० लाख कोठाहरु उपलब्ध हुनेछन् ।

यो योजना थाइल्याण्डको पर्यटन विभाग र पर्यटन तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ भने जुनमा मन्त्रिपरिषदको बैठकबाट पारित हुने अपेक्षा गरिएको छ । फुकेटमा एकरातको एकडलर अभियान सफल भएमा यो अभियान कोह सामुई, पटाया र बैंककमा समेत लागु गरिने जनाइएको छ ।

कोरोनाको महामारीको अवस्था खराब भएमा यो योजना प्रभावित हुनसक्नेछ । तर महामारी नियन्त्रणमा आएको खण्डमा १५ महिनादेखि समस्यामा रहेको पर्यटन व्यवसाय ठूलो संख्यामा पर्यटकहरु आएमा मात्र बचाउनसक्ने अपेक्षा गरिएको छ । महामारी अगाडि थाइल्याण्डको अर्थतन्त्रको २० प्रतिशत पर्यटनमा आधारित रहेको थियो ।

सन् २०१९ मा थाइल्याण्डमा ४० मिलियन पर्यटकहरु आएका थिए । जसबाट ६० बिलियन डलर आम्दानी भएको थियो । फुकेट आइल्याण्ड खुल्दासम्म त्यहाँका ७० प्रतिशत स्थानीयहरुलाई भ्याक्सिन लगाउने सरकारी योजना रहेको छ ।[खसोखासबाट]

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board