नागरिकता अध्यादेशविरुद्धको रिटको सुनुवाईका लागि प्रन्याको अध्यक्षतमा बरिष्ठ ५ न्यायधिश रहेको इजलाश गठन

काठमाडौं २१ जेठ । नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि सर्बोच्च् अदालतमा बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेका इजलाश गठन भएको छ ।

प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा बसेकाले उनी पछाडिको वरियतामा रहेका खतिवडा इजलासमा परेका छन् ।

यस पटकको संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमाका बारेमा विवाद भएपछि नेपाल बार एशोशिएशनका प्रतिनिधिसंग प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए ।
सोही प्रतिवद्धता अनुसार आजको इजलाश गठनलाई लिइएको छ । संसद विघटन विरुद्धको रिटका बारेमा आइतबार सुनसुवाई हुने मिति तोकिको छ । त्यस दिनको इजलाश कसरी गठन हुन्छ भन्ने सर्वत्र चासो छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति