उपत्यकामा खुकुलो बनाएर थपिएको निषेधाज्ञा आजबाट लागू (के-के खुल्छ?)

काठमाडौं, २१ जेठ । काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ।काठमाडौं, ललितपुर र भक्तपुरमा जेठ ३१ गतेसम्म नै निषेधाज्ञा जारी रहने भए पनि आजदेखि भने केही खुकुलो बनाइएको हो।गत जेठ १४ बाट एक साता केही पसल खुल्न नदिई निषेधाज्ञा कडा बनाइएकोमा आजदेखि खुकुलो बनाइएको छ।

आजदेखि किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइनेछ।फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।

यातायातमा पुरानै नियम यथावत् छ।

निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

विवाह तथा ब्रतबन्धमा बढीमा ७ जनासम्म सहभागी भएर घर वा बसेको स्थानमा मात्र गर्न पाइने छ। तर, होटल र पार्टी प्यालेसमा गर्न पाइने छैन।विवाह र ब्रतबन्धको लागि एउटा सवारीसाधन मात्रै प्रयोग गर्न पाइनेछ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी निषेधाज्ञा

१। सर्वसाधारणको आवतजावतको हकमा

क। औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्किने

ख। दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने

ग। अनिवार्य रुपले मास्कको प्रयोग गर्ने पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने।

२। सभा सम्मेलन तथा नित्य पूजाको हकमा

क। सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी नाचघर क्लब, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने

अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने ।

ख। खुला स्थानमा मानिसहरुको भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव, भोज भतेर आदि गर्न गराउन नपाइने ।

ग। विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने । होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने

घ। विवाह वा व्रतबन्धको हकमा १ वटा सवारी साधन ९बेहुला बेहुली समेत प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्न पाउने ।

ङ। पुजारीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक तथा साँस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने।

३। शैक्षिक संस्था, कृषि, उद्योग तथा निर्माण कार्यको हकमा

क। शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र संचालन गर्न गराउन साथै शैक्षिक परीक्षाहरु संचालन गर्न गराउन नपाइने ।

ख। वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनैतिक नियोग तथा अन्य निकायबाट प्रकृयामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने ।

ग। नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कुटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न सक्ने र सो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने ।

घ। अत्यावश्यक उद्योग संचालन तथा निर्माण कार्यका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गरी कार्यस्थलमा नै श्रमिक कामदारको आवासीय व्यवस्था गरी संचालन गर्ने

ङ। ट्रान्सपोर्ट कम्पनीको हकमा औषधी तथा स्वास्थ्य उपकरण, अक्सिजन सिलिण्डर, अस्पतालको बेड, कृषि

मल, बीउ तथा खाद्यान्न सामग्री मात्र ढुवानी गर्दा स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने ।

च। नेपाल सरकारबाट जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कृषि कार्य गर्न सकिने ।

४। अत्यावश्यक कार्यमा सवारी आवागमनका लागि जिल्ला प्रशासन कार्यालयबाट हुने सहजीकरण

क। मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित बडाको सिफारिश, परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्ने ।

ख। बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका बिरामी कुरुवाको अस्पतालको भर्ना कार्ड रिपोर्ट कार्डका आधारमा २ जनाले आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त विरामी भै काठमाडौँ बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड र भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदन पेश गर्ने ।

ग। सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्युटी आवत जावत गर्न पाउने ।

५। सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा

क। सार्वजनिक एवं निजी सवारी साधन मिति २०७८/०२/२१ गते बिहान १स्०० बजे देखि २०७८ र ०२/३१ गते राति १२ बजे सम्म काठमाडौं जिल्लाभर संचालनमा रोक लगाउने ।

ख। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (२ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने ।

ग। अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधी, अक्सिजन सिलिण्डर), दूरसंचार, इन्टरनेट मर्मत कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानी तथा यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी संचालन गर्न पाउने।

घ। तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने मास्क र साबुन र स्यानिटाइजर र प्रिन्ट तथा सरकारी छापाखाना लगायतका ढुवानी तथा सो को यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०९ बजे देखि बिहान ०९ बजे सम्म न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न पाउने

ङ। निर्माण सामग्री ढुवानीका लागि सो को सवारी साधन राति ०९ बजे देखि बिहान ०४ बजे सम्म संचालन गर्न पाउने ।

च। भन्सार विन्दुबाट Exit Note जारी भएका मालबाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले

मालसामान छुटाउन भनी आउन जारी रुट खुलाई अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थान सम्म आवतजावत गर्न दिने छ। अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह हाललाई स्थगन गर्ने ।

ज। जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, माननीय न्यायाधीश मन्त्रालयका सचिव, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवको हकमा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने ।

झ। सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु, इन्टरनेट सेवा प्रदायक संस्था र दूरसंचार प्रदाय संस्थाका सवारी साधनको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने

ञ। काठमाडौ जिल्लामा बाणिज्य बैंकको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय, विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय, वित्त कम्पनीको हकमा केन्द्रीय कार्यालय र १ वटा शाखा कार्यालय, बीमा समिति तथा बीमा कम्पनीको हकमा कर्पोरेट कार्यालय र धितो पत्र बोर्ड मात्र खुल्ने गरी आलोपालो गरी न्यूनतम जनशक्ति ९२० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाई सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने

ट। अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्ने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जानका लागि सवारी साधनको सहजीकरण गर्ने ।

६। अत्यावश्यक खाद्य सामग्री तथा अन्यको हकमा

क। तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर ९ग्रोसरी मात्र० बिहान ०९स्०० बजेसम्म मात्र खुला गर्ने तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने । स्थानीय ढुवानीका हकमा राति ०९स्०० बजे देखि विहान ०९स्०० बजे सम्म मात्र गर्ने ।

ख। तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल, डिपार्टमेन्टल स्टोर ९ग्रोसरी मात्र०, सवारी साधन मर्मतका लागि वर्कशपहरुले सामग्री किनबेच गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल बन्द गर्न समेत सकिने ।

ग, सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ०९स्०० बजे देखि बिहान ०९स्०० बजे सम्म संचालन गर्ने ।

घ। तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल बाटोमा तरकारी तथा फलफूल विक्री वितरण गर्न रोक लगाउने।

७। औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समय निर्वाध रुपमा संचालन गर्न पाइने।

८। पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने।

सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका संचारकर्मीर कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने।

९। निलो प्लेटका सवारी साधनको हकमा परिचयपत्र बाहक पदाधिकारी तथा कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने।

१०। प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी तथा औषधी आपूर्ति गर्ने परिचय बाहक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्तिकर्ताको अनुमति पत्र भए सवारी पास नचाहिने।

११। फुटपाथ तथा खुल्ला ठाउँमा संचालन हुने विभिन्न व्यापार व्यवसाय संचालन एवं कवाडी संकलन गर्न रोक लगाउने।

१२। उल्लेखित आदेशको अवज्ञा गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही गर्ने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति