माधव निकट चार नेताले भने : कार्यदलको औचित्य छैन, वार्ता बन्द गरौं (पत्रसहित)

काठमाडौं, २१ जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट चार नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्न माग गरेका छन् ।

बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकालेका हुन् । ‘‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं’, पत्रमा उल्लेख छ । शीर्ष नेताहरुलाई निष्काशनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको पत्रमा उल्लेख छ । उनीहरुले कार्यदलका सदस्यहरुलाई समेत चेतावनी दिएका छन् ।

कार्यदलमा रहने नेताहरुले सबै केन्द्रीय सदस्यहरुको प्रतिनिधित्व गर्न नसक्ने पनि उनीहरुले उल्लेख गरेका छन् ।२ जेठ २०७५ अगाडिको एमाले कायम भएर मात्रै समस्या हल नहुने पनि पत्रमा उल्लेख छ । राष्ट्रिय भेला, कर्णालीमा फ्लोर क्रस, राष्ट्रियसभा उपनिर्वाचनमा आफ्नै उम्मेद्वार र केपी ओलीलाई खराब प्रवृत्तिका नाइके घोषणा गरिनुको अर्थ २ जेठमा फर्कन मात्रै नभएको पनि संस्मरण गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति