एमाले स्थायी कमिटी बैठक अपरान्ह ४ बजे बस्ने

काठमाडौं , २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । यसअधि बुधबार सोहि समयकालागि बोलाईएको बैठक स्थगित भएको थियो । नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि आजका लागि बैठक सारिएको स्रोतले जनाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति