पछिल्लो २४ घण्टामा ६,०८५ संक्रमित थपिए, ६,८९८ जना डिस्चार्ज

काठमाडौँ, १८ जेठ ।  पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ६,०८५ जना संक्रमित थपिएका छन् । २० हजार १६५ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ६,८९८ जना डिस्चार्ज भएका छन् ।सक्रिय संक्रमित संख्या १ लाख ४ हजार ७८९ छ । कूल संक्रमित संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । कूल मृतक संख्या ७४५४ पुगेको छ । केही दिन ओरालो लागेको संक्रमण पुनः उकालो लागेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति