राष्ट्रिय सभा उपचुनाव : पीसीआर रिपोर्ट र मतपत्र नचिनेपछि ….

काठमाडौं, १७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि आज सोमवार भएको चुनावमा एक जना मतदाताले आफ्नो कोरोना परीक्षणको पीसीआर रिपोर्ट मतपत्रमा राखी मतपत्र आफैँले लिएर गएका छन् । पालिकाका प्रतिनिधिमध्ये एक जनाले मतपेटिकामा मतपत्र राख्नुपर्नेमा कोरोना परीक्षणको आफ्नो पीसीआर रिपोर्ट राखेको भेटिएको हो ।

निर्वाचन कार्यालयले निर्धारित समयभित्र दुई सय ९७ जनाले मतदान गरेको सार्वजनिक गरेको र अन्तिम मत परिणाम आउँदा २ सय ९६ मात्रै उल्लेख भएपछि खोजी गर्दै जाँदा यो रमाइलो तथ्य फेला परेको हो ।

मतदाताले असावधानीवस मतपेटिकामा पीसीआर रिपोर्ट राखेको हुन सक्ने मतगणनामा संलग्न एक अधिकारीले जानकारी दिएका छन् । ती अधिकारीले पालिकाको मतदाताबाट मतपत्रको ठाउँमा पीसीआर रिपोर्ट भेटिएको पुष्टि गरे । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् विजयी पाण्डेयले चार हजार एक सय ४० मत प्राप्त गरे भने चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति